तपाईँ सुन्दै हुनुहुन्छः

हड्डी अड्किएर एक जनाको मृत्यु

अछाम । अछाममा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षका डम्मर बहादुर कुँवरको मृत्यु भएको हो ।

आज दिउँसो चैते अष्टमीको अवसरमा गाउँघरमा काटेको खसीको मासु पकाएर खाने क्रममा मासुको हड्डी घाँटीमा अड्किएपछि कुँवर बेहोस भएका थिए । त्यस लगत्तै कुँवरलाई बयलपाटा अस्पतालमा लगिएको थियो । तर, उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button