‘ए’ डिभिजन लिग : अन्नपूर्ण क्लब र टुसाल युथ क्लब बराबरीमा रोकिए
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार अन्नपूर्ण क्लब (आरसिटी) र टुसाल युथ क्लब १–१ को बराबरीका रोकिएका छन् ।
यस नतिजासँगै टुसालले चार खेलमा ६ अंक जोडेको छ । आरसिटीको समान खेलबाट चार अंक छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आरसिटीका लागि सुदीप लामा र टुसालका लागि देवराज तामाङले गोल गरे ।








प्रतिक्रिया राख्नुहोस्