तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको विकल्प राजसंस्था हुनै सक्दैन : मन्त्री अधिकारी

जुम्ला । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लोकतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने बताउनुभएको छ । सिञ्जाको नराकोट नापी र मालपोत कार्यालय उद्घाटन गर्न जुम्लाको सिञ्जामा पुगेका मन्त्री अधिकारीले अन्त्य भइसकेको राजसंस्था कुनै पनि हालतमा नफर्किने उल्लेख गर्नुभयो। 

सिञ्जाको नराकोटमा नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले लामो प्रयास र पहलपछि सिञ्जावासीको समस्यालाई मध्यनजर गरि नापी मालपोत स्थापनाको निर्णय गरिएको बताउनुभयो । 

मन्त्री अधिकारीले सम्पूर्ण रुपमा अन्त्य भइसकेको राजतन्त्र फर्काउने दिवा सपना नदेख्न र हिक्मत भएर बहुमत ल्याएर संविधान संशोधन गर्न चुनौती पनि दिनुभयो । 

जुम्ली जनताले व्यवस्था विरोधी व्यक्तिलाई चुनाव जिताएर ठुलो भूल गरेको उहाँले बताउनुभयो । पूर्व राजाको उक्साहटमा चैत १५ गते भएको तीनकुने घटनाको सबै जिम्मा पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने उहाँको भनाइ थियो ।

गणतन्त्रले देशमा ल्याएको आमूल परिवर्तनलाई जनताले नभुलेको र खुसी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गणतन्त्रवादी एकै ठाउँमा आउन समेत मन्त्री अधिकारी आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button