तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सांसदहरूको सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा  सांसदहरु डा. प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, पदम गिरी, सूर्यबहादुर थापा र जुलीकुमारी महतोलगायतले  आगामी वर्षको बजेट पहुँचका आधारमा नछुट्ट्याउन सुझाव दिनुभयो । 

सांसदहरुले आवश्यकताका आधारमा बजेट छुट्ट्याउनुका साथै बजेट परिणाममुखी र उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँहरूले स्रोत सुनिश्चिता गरेर मात्रै बजेट ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो । 

बैठकमा अर्थ सचिव धनश्याम उपाध्यायले यस वर्षको प्रस्तावित बजेट १९ खर्ब ६० अर्ब रहेको जानकारी दिनुभयो । 

अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम हुने गरी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको काम थालेको पनि जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button