तपाईँ सुन्दै हुनुहुन्छः

सिंजाको नराकोटमा नापी र मालपोत कार्यालय उद्घाटन,सिंजाबासीमा खुसीयाली

जुम्ला । जुम्लाको सिंजा क्षेत्रका तीन पालिकाका नागरिकलाई लक्षित गरि सिंजा गाउँपालिकाको नराकोटमा नापी र मालपोत कार्यालय उद्घाटन गरिएको छ । 

सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकलाई घर आँगनमै सेवा प्रवाह गर्ने गरि नराकोटबाट नापी र मालपोत कार्यालय उद्घाटन गरि सेवा सुरु गरिएको हो ।

 भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार नराकोटमा स्थापना गरिएको नापी र मालपोत कार्यालयको उद्घाटन गर्नुभएको छ  ।  

नापी र मालपोत कार्यालय उद्घाटन गर्न जुम्ला पुगेका मन्त्री सहितको टोलीलाई सिंजाबासीले पञ्चेबाजा सहित भव्य स्वागत समेत गरेका छन् । 

नापी र मालपोत सेवाका लागि महँगो खर्च व्यहोरेर सदरमुकाम जान बाध्य घर आँगनमै मालपोत र नापी कार्यालय स्थापना भएपछि सिंजाबासी उत्साहित भएका छन् । 

सिंजा-६ गोराका मोति दमाईले सङ्घीयताको उपहार स्वरूप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपोत कार्यालय पाएको बताएका छन् । उहाँले भन्नुभयो ,’सिंजामा नापी र मालपोत आउनु भएको हाम्रो खर्च बच्नु हो । घरकै खाना खाएर सेवा लिन पाईने भयो । अब महँगो खर्च गरि हप्ता दिन सदरमुकाम बास बस्नु पर्ने बाध्यता हट्यो निकै खुसी छौ ।’

जुम्लाको सिंजा क्षेत्रमा सङ्घीयता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना हुने भएको छ । सङ्घीयता कार्यान्वयनको करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपोत कार्यालय उद्घाटन भएको हो । 

सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताउनुभयो।  उहाँका अनुसार कार्यालयको दिगो व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आवश्यक सहयोग गरिने छ । 

सङ्घीयता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपोतको झन्झटिलो सेवाले नागरिक असन्तुष्ट थिए । जग्गा खरिद,नामसारी,राजीनामा लगायतका काम गर्न महँगो खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिंजाबासीको बाध्यता थियो । हप्ता दिन सम्म होटलबास बस्नु पर्ने, आउजाउ,होटलबास,कागजात व्यवस्थापनमा न्यूनतम १०/१५ हजार रुपैयाँ खर्च हुने गरेको छ ।तर सिंजामा नापी र मालपोत उद्घाटन भएपछि सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका हुन । अब समय र पैसा सबै बचत हुने छ ।

गत पुस ९ गतेको मन्त्री परिषद्को निर्णयले सिंजामा नापी मालपोत स्थापना गर्न बाटो खुलेको थियो । करिब २१/२२ पटकको पहल तथा प्रयासपछि मात्रै टुङ्गोमा पुगेको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button