तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल नारायणगढ सडकले लाखौँ मूल्यका डायलासिस मेसिन फुटे

नवलपरासी,पश्चिम्।निर्माणाधीन अवस्थामा रहेको बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण लाखौँ मूल्यका डायलासिस मेसिनमा क्षति पुगेको छ ।

जर्मनमा रहेका चिकित्सकहरूको संस्थाले रोटरी क्लब धुलिखेललाई उपलब्ध गराएका मध्ये ६ वटा जर्मनी डायलासिस मेसिन स्वास्थ्य मन्त्रालय मार्फत बर्दघाट नगरपालिकालाई हस्तान्तरण गरी पठाइएको थियो ।

बर्दघाट नगरपालिका सहित नेपालका विभिन्न अस्पताललाई हस्तान्तरण गर्नका लागि ट्रकमा लोड गरी ल्याइएका डायलासिस मेसिनहरू सडकका खाल्डाखुल्डीका कारण फुटेका छन् ।बर्दघाट नगरपालिकाको सहिद स्मृति अस्पतालमा ल्याइएका डायलासिस मेसिनहरू खोल्ने क्रममा ४ वटा फुटेको पाइएको हो ।मेसिन फुटेकै कारण ६ वटा भनिएकोमा तत्काललाई ४ वटा मात्रै हस्तान्तरण भएको छ ।बाँकी थप २ वटा मेसिन केही समयमा उपलब्ध गराइने रोटरी क्लब धुलिखेलका पूर्व अध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो ।

“हामीले उताबाट काठको बक्सामा लोड भई आएका मेसिन हरू निकै सुरक्षितसाथ नै ल्याएका थियौँ तर यो बाटोका कारणले आज लौखाका मेसिन पुनः प्रयोग गर्नै नमिल्ने गरी फुटेका छन्”श्रेष्ठले भन्नू भयो ।एउटा दातृ निकायले मृगौला पीडितका लागि दिएको करोडौँका मेसिन बाटोकै कारण पूर्ण क्षति हुनु निकै दुखद कुरा भएको श्रेष्ठले बताउनु भयो । खरिद गर्दा उक्त डायलासिस मेसिनको मूल्य एउटाको करिब १५ लाख रुपैयाँ पर्ने उहाँले बताउनु भयो ।ग्रामीण बस्तीमा मृगौला पीडित बिरामीहरूलाई निकै मेहनतका साथ उपलब्ध हुने मेसिन यसरी क्षति हुँदा दातृ निकायले हेर्ने दृष्टिकोणमा समेत फरक हुन सक्ने उहाँले बताउनु भयो ।

दाउन्ने क्षेत्रमा बाटो निकै खराब रहेकाले सोही स्थानमा मेसिन फुटेको हुन सक्ने बताइएको छ ।तत्कालका लागि बर्दघाट नगरपालिकालाई उपलब्ध गराइएका ४ वटा डायलासिस मेसिन समेत खोलिएको छैन उक्त मेसिनहरूमा समेत टुटफुट भएको हुन सक्ने भन्दै बायोमेट्रिक इन्जिनियर बोलाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।पुनः प्रयोग गर्न नमिल्ने गरि टुटफुट भएको खण्डमा सट्टा भर्ना हुने सोही अनुरुप कुराकानी भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

दाउन्नेमा केही दिन देखीको जामले अहिले पनि हजारौँ यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button