रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव : नागरिकप्रति जवाफदेही बन्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री गुरुङले रेडियो नेपालको इतिहास नेपालमा प्रजातन्त्रको इतिहाससँगै सुरु भएको र यो देशको प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान विन्दु भएको बताउनुभएको छ । उहाँले रेडियो नेपालले मुलुकको कला, साहित्य, गीत–सङ्गीत, सामाजिक र सांस्कृतिक रूपान्तरणमा ठूलो योगदान गरिरहेको सन्देशमा उल्लेख गर्नुभएकाे छ ।
मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारण नेपालमार्फत सञ्चालन गर्ने गरी संघीय संसदबाट विधेयक पारित गराई कार्यान्वयन गरिएको र रेडियो नेपालको इतिहासमा यो महत्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्