तोडफोड सुरु गरेपछि बालसुधार गृहको स्थिति तनावपूर्ण

वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि एक पटक फेरि तनावको स्थिति सिर्जना भएको छ । खाना र बासको समस्याबारे असन्तुष्ट बनेका बाल कैदीबन्दीहरूले मङ्गलवार होहल्ला गर्दै तोडफोड सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको बताएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
बालसुधार गृहमा विभिन्न कसूरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरू रहेका छन्। उनीहरूको असन्तुष्टिलाई सम्बोधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, प्रहरी नायब उपरीक्षक किशोर लम्साल र अन्य अधिकारीहरू सक्रिय भएका थिए।








प्रतिक्रिया राख्नुहोस्