नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड
भक्तपुर । ‘मुलुकको वर्तमान राजनीतिक सन्दर्भ, नेपाली काँग्रेस र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी एक ढिक्का भएर अगि बढ्नुपर्नेमा जोड दिइएको छ ।

आज सुर्यबिनायकमा आयोजित पूर्व तरुण पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मुलुकको हरेक संकट र युगको नेतृत्व काँग्रेसले गर्दै आएको भन्दै त्यसका लागि काँग्रेसमा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष विनोदप्रकाश कायस्थले गौरवपूर्ण विगत रहेको पार्टीको भविष्यलाई भरोसायोग्य बनाउन पार्टीका लागि त्याग गरेका नेता कार्यकर्ताको भूमिकाको खोजी गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारी, तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष द्वय नागेश्वर यादव र मुक्तिलाल श्रेष्ठ,पूर्व महासचिव पुष्पराज पराजुली, पूर्व उपमहासचिव अनिलकृष्ण प्रसाईँ, नेता डा.लक्ष्मीकान्त पौडेल लगायतले मुलुकको राजनीतिबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको सन्दर्भमा कांग्रेस अग्रजले देखाएको बाटोमा विधान बमोजिम अगि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देशभरबाट तरुण दलको केन्द्रीय समितिका पूर्व पदाधिकारी, सदस्य, तथा वर्तमान तथा पूर्व जिल्ला अध्यक्ष लगायत करिब सय जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्