तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजका अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, दुई अस्पताल कारबाहीमा

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा सञ्चालित नीजि तथा सरकारी अस्पतालहरूको अनुगमन गर्नुभएको छ । आइतबार अस्पतालहरूको अनुगमन गर्दै उहाँले नियम विपरीत सञ्चालित दुई वटालाई बन्द गर्न निर्देशन दिनुभयो । 

स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा एक थरी अनुमति र अर्को थरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन मुख्यमन्त्रीले दिनुभयो । 

प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रिया सहितको सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तो सुविधा सहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ ।

यस्तै, भारती इमेजिङ सेन्टरलाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button