तपाईँ सुन्दै हुनुहुन्छः

हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ ।  युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । 

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ । 

यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो । त्यसैगरी नेपालले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को  खेलमा ४१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button