स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्लेलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले निर्माणाधीन नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता सम्झौतालाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम करिब २५ करोड ६५ लाख स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताउनुभयो ।
यस्तै चिन सरकारले एम्बुलेन्स प्रयोजनार्थ अनुदान स्वरूप प्रदान गर्ने ५० थान विद्युतीय सवारी साधन स्वीकार गर्ने, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँ जिल्लाका डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने लगायतका निर्णयहरू भएको मन्त्री गुरुङले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्