सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी
तुलसीपुर।दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।
नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिनुभयो । सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध हुनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्