तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण प्रतिष्ठान शाखाको अध्यक्षमा सुवेदी 

काठमाडौँ । प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको अध्यक्षमा बेन्जु सुवेदी चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको आज भएको प्रथम अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालकी बेन्जु सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अनन्त चालिसे, दुर्गा अधिकारी हुनुहुन्छ भने सचिवमा सुशील अधिकारी, सहसचिवमा कौशल घिमिरे, कुशल अर्याल र कोषाध्यक्षमा बसन्ता भुसाल चयन हुनुभएको छ । 

सदस्यहरूमा तारा खतिवडा, सम्झना पौडेल, अनिल हुमागाईँ, सुमन कुमार श्रेष्ठ, ज्योति काफ्ले र सितु मानन्धर चयन हुनुभएको हो ।

यस्तै चौतारीको केन्द्रिय प्रतिनिधि सदस्यहरूमा रामबाबु अधिकारी, दिपक समिर, नरेन्द्र विष्ट चयन हुनुभएको छ भने प्रतिष्ठान  प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा, मन्जिल घिमिरे, परमानन्द राय र महेश निरौला चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाको आज भएको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले तथ्यमा आधारित र सन्तुलित सूचना तथा समाचार सम्प्रेषणको जिम्मेवारी सार्वजनिक सेवा प्रसारणले मात्र पुरा गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले अहिले पत्रकारिता क्षेत्रमा गलत र भ्रामक सूचना प्रचार गर्ने प्रवृत्ति बढेको भन्नुहुँदै सत्यतथ्य सूचना प्रवाहको माध्यमद्वारा नागरिकलाई सुसूचित  गराउने भूमिकामा अब्बल सावित हुन पनि सञ्चारकर्मीहरूमा आग्रह गर्नुभयो । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र खत्रीले श्रमजीवी पत्रकारका हकमा संस्थाहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक चिन्तामणि बरालले पत्रकारिता र प्रसारण जगतलाई थप प्रभावकारी बनाउन प्रेस चौतारी नेपालले आफ्नो भूमिका बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस चौतारी नेपालका संस्थापक सचिव प्रमोदकुमार सिंहले लामो समयको गृहकार्यपछि प्रेस चौतारी नेपाल टेलिभिजन र रेडियो नेपाल शाखा एकीकृत भई साझा उद्देश्यका साथ अघि बढ्नु सकारात्मक र ऐतिहासिक कदम भएको भन्नुहुँदै श्रमजीवी पत्रकारहरूको हकहित, वृत्तिविकासमा संस्थाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समितिका सदस्य फुलमान बल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भोजबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजनका अध्यक्ष सुरेन्द्र पौडेल, प्रदेश इन्चार्ज मोहन बास्तोला, प्रतिष्ठान प्रदेश अध्यक्ष सरोज ढुङ्गेल, नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाका उपाध्यक्ष चन्दा विष्ट लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

फोटो : रोम थापा मगर

प्रतिक्रिया राख्नुहोस्

Back to top button