‘राजतन्त्रले ठिक नगरेर नै जनताले फालेकोले फेरि फर्किने सम्भावना छैन’
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजतन्त्रले ठिक नगरेर नै जनताले फालेकोले फेरि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

बासु माध्यमिक विद्यालय ब्यासीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष बिजुक्छेले राजतन्त्रले ठिक नगरेर नै जनताले फालेको भन्दै नेताहरूले जनतासँग सल्लाह गरेर काम गरे पूर्व राजासँग डराउनु नपर्ने बताउनुभयो ।
राजावादी जुलुसले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उहाँले राजा भए सब ठिक हुने भए पहिले राजतन्त्रका बेला सबै ठिक किन नभएको भनी प्रश्न गर्नुभयो ।
उहाँले नेपालमा कृयाशील भनिएका राजावादी पार्टीहरू राजाबाट फाइदा पाउनका लागि मात्र राजावादी भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्