तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शन

धनकुटा । धनकुटामा विभिन्न देशका कलाकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शन सम्पन्न भएको छ ।

मौलिकता संरक्षण तथा पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत आयोजित अन्तर्राष्ट्रिय सडक नाटक प्रदर्शनमा ४० जना स्वदेशी तथा विदेशी कलाकारहरूले सहभागिता रहेको थियो । 

धनकुटा नगरपालिका–५ स्थित कोप्चेमा सम्पन्न सडक नाटक प्रदर्शनमा बैंकक, ढाका, काठमाडौँ, सिओल, भुवनेश्वर, लिल, सांघाई, बुसान, हङकङ, लन्डन, सिंगापुर, चेङ्दु, इटहरी, मनीला, ताइपेई, चिओङसङ, काउशियुङ, ओसाका, टोकियो लगायतका स्थानका कलाकारहरूले आफ्ना नाटक प्रस्तुत गरेका थिए । नाटक मूर्त र अमूर्त रुपमा प्रस्तुत गरिएको थियो । विदेशी कलाकार भएकाले धेरै नाटक अमूर्त रहेका थिए । ती नाटकमा इसाराको भरमा बुझ्नुपर्ने रहेका थिए । 

सर्वनाम नाटक संस्थाको सहयोग तथा कोप्चे पुनर्जागरण अभियानको सहयोगमा सम्पन्न नाटक प्रदर्शनमा विभिन्न जातिगत नृत्य प्रस्तुत गरिएको थियो । यस्तै लिम्बूको ढोल नृत्य, नेवारको कुमारी नृत्य प्रस्तुत गरिएको थियो । सडक नाटकले सांस्कृतिक आदान–प्रदानका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा रहेको स्थानीय राजेन्द्र प्रधानले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button