राष्ट्रिय सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले महिला हिंसा र जातीय विभेदका घटनाहरूमा गम्भीर छानविन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले मनसुन सुरु हुन अगाडि नै बिपी राजमार्ग खुलाउन, गुठी समस्या समाधान गर्न, सुख्खा याम सुरु हुनासाथ बढ्दै गएको आगलागीका घटना नियन्त्रण गरी जनताको जिउधनको रक्षाका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चाल्न, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि नतिजा देखिने गरी काम गर्न, विद्यालय र विश्वविद्यालय स्तरका शैक्षिक पाठ्यक्रमको समयानुकूल परिमार्जन गरी व्यवहारिक शिक्षामा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बोल्ने क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्