तपाईँ सुन्दै हुनुहुन्छः

“एचपिभी खोप कार्यक्रमको विस्तार, सरकारको नियमित खोप सूचीमा समावेश हुने”

काठमाडौँ I सरकारले हालै दस वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप आगामी वर्षदेखि सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने पनि जानकारी गराउनुभयो । 

मन्त्री पौडेलले यस वर्ष  १४ लाख ४६ हजार छ सय एक  किशोरीलाई एचपिभी खोप लगाइएको र १४ वर्षभन्दा माथिका किशोरीलाई पनि एचपिभी खोप लगाउनेबारे अध्ययन भइरहेको जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो । 

यसअघि बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button