तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ महिला गोल्डकपको सेमिफाइनलमा

इलाम । एपीएफ क्लब काठमाडौँ दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । 

क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मङ्गलवार भएको खेलमा मदर टेरेसा फुटबल क्लब युपी भारतलाई  १४–१ गोलको फराकिलो  अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको छ ।

एपीएफका तर्फबाट रश्मि घिसिङले डबल ह्याट्रिक, अनिता बस्नेतले  ५ गोल, अनिता केसी,  मनमाया दमाई र कुसुम खतिवडाले १/१ गोल गरिन् । मदर टेरेसा भारतको तर्फबाट प्रतीक्षा क्षेत्रीले १ गोल फर्काइन् ।

नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफ र भारतको  मदर टेरेसा बीचको आजको खेल पहिलो हाफको केही  मिनेट प्रतिस्पर्धात्मक रहे पनि त्यस पछि एपीएफले दबाबमा राख्यो र लगातार गोल गर्‍यो । 

आजको प्लेयर अफ द म्याच रश्मि घिसिङ बनिन उनले नगद ५ हजार प्राप्त गरिन् ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिम सहभागी छन् ।  

प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भोलि हुने पहिलो सेमिफाइनल खेल आयोजक र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button