तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा आयोजक विजयी 

इलाम । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको पहिलो खेलमा आयोजक क्लब ओएसिस विजयी भएको  छ ।

क्लब ओएसिस इलामको आयोजनामा शनिबारदेखि इलामको ठूलो टुँडिखेलमा भएको उद्घाटन खेलमा पदमा स्पोर्टिङ क्लब, ओखलढुङ्गालाई २–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

ओएसिसको तर्फबाट खेलको वर्षा ओलीले खेलको ३२ औ र  प्रियङ्का मगरले ४२ औ मिनेटमा १ र १ गोल गरे । खेलको प्लेयर अफ द म्याच क्लब ओएसिसको वर्षा ओली भइन उनले नगद पाँच हजार प्राप्त गरिन ।

फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरू सहभागी रहने छन् ।  

नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी छन् । यसैगरी  पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी छन् भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी छन् ।  

प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख बढी अनुमानित लागत रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन इलाम प्रतिनिधि सभा क्षेत्र  न २ का सांसद सुहाङ नेम्वाङको प्रमुख आतिथ्यता र क्लब ओएसिसका अध्यक्ष ध्रुव राईको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button