तपाईँ सुन्दै हुनुहुन्छः

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध 

रुकुमपूर्व । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । 

गएराति देखि परेको हिमपातका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो । अहिले सडकमा बाक्लो हिउँ जमेको कारण यातायात  सञ्चालनमा समस्या  भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख राम औंतार चौधरीले जानकारी दिनुभएको छ । ट्राफिक प्रहरी प्रमुख चौधरीका अनुसार बिहान हिउँ  पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि  हिउँ परिरहेकाले अहिले सवारीसाधन रोकिएका छन् ।

हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button