तपाईँ सुन्दै हुनुहुन्छः

‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई

काठमाडौँ।  सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै रु ५० हजार राशिको उक्त पुरस्कार स्रष्टा शर्मालाई प्रदान गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीराज पाण्डेले बताउनुभयो ।

साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन यही फागुन २६ गते उक्त पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button