दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फागुन १७ गतेदेखि

इलाम । क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फागुन १७ गतेदेखि इलाममा सुरु हुदैछ ।
ठुलो टुँिंखेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष धुव्र राईले जानकारी दिनुभयो । मैदान व्यवस्थापनलगायत प्रतियोगिता तयारीको काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो । व्यवस्थित खेल मैदान नभएकोले मैदानमा बालुवा र पानी लगाएर रोलरले पेलेर मैदान खेल्न योग्य बनाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
महिला फुटबल प्रतियोगिता कमै मात्र हुने गरेकोले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिताले सघाउ पुर्याउने अपेक्षा रहेको क्लबका अध्यक्ष धुव्र राई बताउनुभयो । यो प्रतियोगिताको लागि धेरैले सहयोग गर्न हातेमालो गरिरहेकोले सबैको साथ सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न देश विदेशमा रहेका खेल प्रेमीले सहयोग गरिरहेको राईले बताउनुभयो ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरू सहभागी रहनेछन् ।
नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी हुदैछन ।
यसैगरी पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुदछन भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी हुने पक्का भइसकेको आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक क्लब ओएसिस र पदमा स्र्पोटिङ क्लब, ओखलढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्