कुम्भ मेलामा स्नान गरेर फर्किँदा स्कारपियो दुर्घटना, सप्तरीका तीनसहित चार जनाको मृत्यु
सप्तरी । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीका तीन सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ ।
शुक्रवार युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिदा घटना स्थलमा ४ जनाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी लिलावती देवी र कञ्चनरुप वडा नम्बर-५ की ५५ वर्षीया हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेकी छिन ।
दुर्घटनामा कञ्चनरुप ७ का शिक्षक उपेन्द्रनारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ गइसकेको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्