तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी पाँचथरको अध्यक्षमा थापा

पाँचथर । प्रेस चौतारी नेपालको पाँचथर अध्यक्षमा मदन थापा निर्वाचित भएका छन् ।

मङ्गलवार सदरमुकाम फिदिममा सम्पन्न ७ औँ जिल्ला अधिवेशनबाट थापा सर्वसम्मत निर्वाचित भएका हुन् । थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको हो ।

 समितिको उपाध्यक्षमा जीवन गौतम र दुर्गा खनाल, सचिवमा इवारा जवेगु, सह सचिवमा चिरञ्जीवी विश्वकर्मा र राज कुमार राई, कोषाध्यक्षमा मौसम सम्बाहाम्फे सर्व सम्मत निर्वाचित भएका हुन । यस्तै सदस्यहरूमा मनोज थापा, डेबिट ओझा, विकास घिमिरे, निसान लुइँटेल, अप्सना रम्तेल, पुङमिहाङ नेम्बाङ र सन्तोष खनाल चयन भएका छन् । प्रदेश परिषद् सदस्य रविन्द्र काफ्ले, केन्द्रिय परिषद् सदस्य दिलकुमारी योञ्जन र सागर खनाल चयन भएका छन् । 

चौतारीको २७ औँ स्थापना दिवस र ७ औँ जिल्ला अधिवेशनको अवसर पारेर पूर्व जिल्ला अध्यक्ष तुलसी थापा, सञ्चारकर्मी चिरञ्जीवी विश्वकर्मा र मौसम सम्बाहाम्फेलाई सम्मान समेत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button