मुख्यमन्त्री आचार्यद्वारा विद्यार्थीसँग छलफल
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसँग छलफल गर्नु भएको छ ।
रोल्पा जिल्ला कोटगाउँ स्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको हो ।
मुख्यमन्त्री सँगको भेटमा विद्यार्थी तथा शिक्षकहरूले विद्यालय सम्म पुग्ने सडक नबनेको भन्दै बनाउन अनुरोध गरेका छन् । मुख्य सडक देखी विद्यालय सम्म पुग्ने करिब दुई सय मिटर सडक पक्की बनाउनुपर्ने माग राखिएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थी तथा शिक्षकहरूले राखेको माग सम्बोधन गर्ने बारेमा सरकारले पहल लिने बताउनुभयो ।
विद्यार्थीहरूले बाटो नबन्दा बर्षातको समयमा हिलो र हिउँदको समयमा धुलोले हैरानी हुने गरेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर पुन सहित विद्यार्थीहरूले मुख्यमन्त्री सँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्