तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको विषयगत समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि आज पनि दफावार छलफल भएको छ ।

सिंहदरबारमा बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले राष्ट्रिय सभाले पारित गरी पठाएको संशोधनलाई निरन्तरता दिँदै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा २५ सदस्य सभा रहने र त्यसमा नौजना महिलाको प्रतिनिधित्व अनिवार्य गर्ने गरी सहमति जुटाएको छ ।

बैठकमा सांसदहरूबिच विश्वविद्यालयको कुलपति र सहकुलपति को रहने ? भन्ने विषयमा सहमति हुन नसकेपछि राजनीतिक नेतृत्वसँग छलफल गरेर टुङ्ग्याइने गरी छलफल अगाडि बढाइएको हो ।

यस अघि विधेयकको प्रस्तावना र परिभाषा अन्तिममा छलफल गरी टुङ्ग्याइने गरी दफा पाँचसम्म सहमति भएको थियो ।

आजको बैठकमा कुलपति र सहकुलपति नियुक्तबाहेक दफा एघारसम्म सहमति भएको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा पहिलो पटक चिकित्सा शिक्षा अध्ययनका लागि अलग्गै विश्वविद्यालय स्थापना हुन लागेकाले यसलाई नयाँ र सर्वसाधारणको पहुँच रहने गरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित भई आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button