क्यानडा र मेक्सिको माथि अतिरिक्त कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प
काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजैदेखि छिमेकी मुलुक क्यानडा र मेक्सिको माथि लागू गर्ने भनिएको २५ प्रतिशत अतिरिक्त करवृद्धि एक महिनाका लागि रोकिएको छ ।
क्यानडा र मेक्सिकोले सीमा सुरक्षा सुधार गर्ने र लागू औषधको तस्करी रोक्ने उपाय अवलम्बन गर्न सहमत भएपछि अमेरिकाले एक महिनाको अवधि दिएको हो ।
कुलिङ डाउन अवधिका रुपमा अमेरिकाले करवृद्धि हाललाई रोकेको हो । अमेरिकाले क्यानडा र मेक्सिको माथि २५ प्रतिशत करवृद्धिको घोषणापछि दुबै मुलुलले प्रतिशोधात्मक रुपमा अमेरिको वस्तु आयातमा पनि करवृद्धिको तयारी गरेका थिए ।
करवृद्धि रोक्ने मुख्य सर्तका रुपमा क्यानडाले अवैध फ्यान्टायलको तस्करी रोक्न शक्तिशाली अधिकारी नै नियुक्त गरेको छ । यसै गरी मेक्सिकोले सीमा सुरक्षा कडा बनाउन सीमामा १० हजार सैनिक तैनाथ गर्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्