तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधि मार्फत देशको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरू सिर्जना गर्दैछौँ  : मन्त्री गुरुङ  

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरू सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदै आएको बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्सले आज भृकुटीमण्डपमा आयोजना गरेको ‘८ औँ नेपाल चेम्बर एक्पो २०२५’ मा बोल्दै सञ्चार मन्त्री गुरुङले आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार गत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको जानकारी दिनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विगतमा नेपालको अर्थतन्त्र कोमामा रहेको बताउँदै अहिलेको सरकारको प्रयासले आइसियुमा ल्याउन सफल भएको धारणा राख्नुभयो ।

पछिल्लो समय सूचना प्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधारहरू खुलाउँदै मन्त्री गुरुङले भन्नुभयो, “हामी नीतिगत र पूर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।” उहाँका अनुसार यसै वर्ष भित्र नेश्नल पार्क, आइटी पार्क लगायतका आइटी क्षेत्रको इन्फास्टक्चर निर्माण गरिनेछ । 

सरकारकाले ल्याएको अध्यादेशले व्यवसायीहरूमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । साथै उहाँले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको जानकारी दिनुभयो । यहाँले डिजिटल नेपाल अभियानमा जोड दिएर राज्यको अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको समेत खुलाउनु भयो । उहाँले नेपालमा आइटी क्षेत्रबाटै रोजगारको भविष्य सुनिश्चित गर्न सकिने प्रशस्त आधारहरू सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button