खोलामा डुबेर एक जनाको मृत्यु
सल्यान । सल्यानमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको दार्मा गाउँपालिका–३ बाझठानाका अन्दाजी २५ वर्षीय काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान खाना खाएर कपडा धुन भनी दार्मा खोलामा गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । खोलामा पानीको बहाव धेरै नभए पनि युवक पानी र हिलो जमेको स्थानमा डुबेको अवस्थामा भेटिएका हुन ।
स्थानीयका अनुसार उनी मानसिक रोगी र छारे रोग रहेको भन्ने बुझिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्