प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ राष्ट्रपतिप्रति शुभकामना व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले बौद्धिकता, सबलता र पुनरारम्भको प्रतीक मानिने सर्प वर्षले नेपाल र चीनबीचको दिगो मैत्रीलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै, उहाँले साझा प्रगति, समृद्धि, सद्भाव र सहयोगका लागि नयाँ वर्षले प्रेरित गर्ने एक्समा उल्लेख गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्