कैलालीको खक्रौला नाका भएर आउने नेपालीहरुको संख्यामा वृद्वि
टीकापुर कैलाली । भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कैलालीको खक्रौला नाका भएर घर फर्किने नेपालीहरुको संख्यामा वृद्वि भएको छ ।
गत फागुन २४ गतेदेखि चैत्र ६ गतेसम्म खक्रौला नाका भएर तीन हजार ४३ जना मानिसहरु नेपाल भित्रिएका छन् ।
खक्रौला नाका भएर भारतबाट नेपाल आएका कसैमा पनि कोरोनाको लक्षण नदेखिएको खक्रौला हेल्थ डेस्कका अहेव मकेन्द्र रोकायाले जानकारी दिनुभयो ।
भारतबाट नेपाल आउने नेपाली बाहेक अरु सबैलाई नाकामा रोक लगाईएको शसस्त्र प्रहरी वल नेपाल बि.ओ.पि. खक्रौलाका इन्चार्ज चन्द्रदेव भट्टले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्