तपाईँ सुन्दै हुनुहुन्छः

चितवन बारमा रानाभाटको नेतृत्व

चितवन । चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता फूलमाया रानाभाट निर्वाचित हुनुभएको छ ।
शनिबार भरतपुरमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी अधिवक्ता नुनराज सिलवाललाई जम्मा तीन मतले पछि पार्दै चितवन जिल्ला अदालत बार एसोसिएसनमा उहाँ पहिलो महिला अध्यक्ष बन्न सफल हुुनुभएको हो । अधिवक्ता रानाभाट डिएलएको समूहबाट उमेदवार बन्नुभएको थियो भने अधिवक्ता सिलवाल पिएलएको समूहबाट उमेदवार बन्नुभएकोे थियो ।
उपाध्यक्ष पदमा ९१ मतसहित सीताराम अधिकारी निर्वाचित हुँदा प्रत्यासी सरिता सापकोटाले ६६ मत प्राप्त गर्नुभयो । सचिवमा ८९ मतसहित कुलचन्द्र खनाल विजयी हुँदा बलराम पौडेलले ७० मतमा चित्त बुझाउन प¥यो । कोषाध्यक्ष पदमा दीपकराज तिमिल्सिना ८१ मतसहित विजयी हुँदा सपी मियाले ७५ मत प्राप्त गर्नुभयो । यस्तै, सहसचिव पदमा पवित्रा सुवेदी र महिला सदस्य पदमा प्रियङ्का थापा निर्विरोध भइसक्नु भएको थियो ।
अन्य सदस्यहरुमा भने किरण गुरूङ, अजयकुमार तामाङ, राजकुमार प्याकुरेल, शम्भु बर्तौला, सुरेन्द्रराज सुवेदी, केदारराज पन्त र शेखरनाथ पोखरेल विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button