तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा पाँच सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी

दाङ। दाङको घोराहीमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ३ गोग्ली भानपुरमा सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटलसञ्चालनका लागि अहिले भौतिक पूर्वाधार निर्माणको काम धामाधम भइरहेको छ ।
भौतिक पूर्वाधार निर्माणको काम अहिले करिब ८० प्रतिशत सम्पन्न भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार निर्माणको काम सँगसँगै अन्य प्राविधिक तयारी तथा अस्पताल सञ्चालन स्वीकृतिका प्रक्रिया अगाडि बढाइएकाले अस्पताल छिट्टै सञ्चालनमा ल्याइने भएको छ ।

‘काम गर्दै जादा कुनै प्राविधिक समस्या भएन भने नयाँ वर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम भइरहेको छ’ प्रमुख कार्यकारी अधिकृत रोकाले भने । अस्पताले आवश्यक पर्ने जनशक्तिको समेत माग गरेको छ ।
पाँच सय जनशक्ति आवश्यक पर्ने प्रमुख कार्यकारी अधिकृत रोका बताउँछन् । ‘छिट्टै नै अस्पताललाई आवश्यक पर्ने जनशक्ति भर्ना गर्ने काम हुने छ’ रोकाले भने ।

अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सा अन्तर्गत कार्डियोलोजी, युरोलोजी, एमआरआई लगायतका विभिन्न पच्चिसभन्दा बढी र विशिष्टकृत सेवा अन्तर्गत पन्ध्रभन्दा वटा सेवा उपलब्ध हुनेछ।
अस्पतालमा १४ वटा मोडुलर शल्यक्रिया कक्षहरू, आइसियु, एसआइसियु, एन आइसियु, पी आइसियुलगायतका सुविधा पनि पर्याप्त मात्रामा रहने भएको छ । यी सुविधा भएपछि जटिल प्रकृतिका प्रसुती तथा अन्य शल्यक्रियाका लागि काठमाडाँै वा अन्यत्र जानु नपर्ने र सहजै दाङमा हुने रोकाले बताए।

अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका जनतालाई विशेष लाभ मिल्ने छ ।

यी जिल्लाका बिरामी नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडाँैसम्म जानु पर्ने बाँध्यता हट्ने विश्वास लिइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button