‘सङ्घीयतालाई बलियो बनाउन सेवालाई प्रभावकारी बनाउन जरुरी’
जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले सङ्घीयताको स्थायित्वका लागि भौतिक विकास मात्र पर्याप्त नरहेकाले जनताले पाउने सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्थानीय तहको कानून तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा उहाँले सङ्घीयतालाई बलियो बनाउन शिक्षा, स्वास्थ्यमा सुधार गर्दै जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो
उहाँले सङ्घीयता आएपछि राज्यको विभिन्न निकायहरूमा दलित, मधेशी, आदिवासी, जनजाति तथा मुस्लिमको सहभागिता बढेको बताउँदै सोही अनुसारको जनताको सेवा तथा सुविधा विस्तार गर्दै जान आवश्यक भएको बताउनुभयो ।
नेपाल कानून आयोगका सह–सचिव गंगा बहादुर खरेलले कानूनको निर्माण गर्दा स्थानीय तहले संविधान, संघीय तथा प्रदेशको कानून विपरीत हुने गरि नबनाई दिनका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा धनुषा १८ पालिकाका प्रमुखहरू, उपप्रमुखहरू, कानून निर्माण मस्यौदा समितिका पदाधिकारी लगायत सहभागी रहनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्