यू–१९ महिला विश्वकप : नेपालद्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य
काठमाडौँ । यू–१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसामु नेपालले १८.२ ओभरमा ५२ रन बनाएर अलआउट भएको छ ।
मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी नेपालले खेलमा ५३ रनको लक्ष्य दिएको छ ।
बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बङ्गलादेशका लागि भने जन्नतुल माउआले २ तथा सुमैया अख्तर सुवर्णाले र निशिता अख्तर निशीले १–१ विकेट लिइन् ।
टस जितेर बङ्गलादेशले बलिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।
प्रतिक्रिया राख्नुहोस्