तातोपानी नाका सञ्चालनका लागी उच्च स्तरबाटै पहल आवश्यक: प्रचण्ड
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्नका लागी आफूले निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।
आफु प्रधानमन्त्री हुँदा पनि र नहुँदा पनि तातोपानी नाका र सिन्धुपाल्चोकको विकासका लागी सधैँ आफूले चासो दिनेको गरेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न सुकुटे आउनुभएका अध्यक्ष प्रचण्डले पत्रकार भेटघाट एवम् नवनिर्वाचित पत्रकारहरूलाई बधाई सम्मान कार्यक्रममा बोल्दै तातोपानी नाकाको महत्त्व र नाका खोल्नका लागी चिन सरकारको ध्यानाकर्षण गराउनका लागी चिनको राष्ट्रपतिसँग धेरै पटक फोन गरेर कुराकानी गरेको बताउनुभयो ।
नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउनका लागी २ देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको बताउनुभयो ।अध्यक्ष प्रचण्डले सुकुटेसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै बिच भलिबल प्रतियोगिताले पनि सुकुटेको पर्यटन प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो
उहाँले पहिलो पटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै आफु सरकारमा हुँदा पनि र नहुँदा पनि सिन्धुपाल्चोकको विकासको लागी आफूले चासो र चिन्ता गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्