तपाईँ सुन्दै हुनुहुन्छः

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार अरुण र वातावरणीय पत्रकारिता पुरस्कार अर्चनालाई

सप्तरी । नेपाल पत्रकार महासङ्घ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अरुण कुमार यादवले पाएका छन् ।

सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद ५ हजार ५ रुपैयाँ सहित यो पुरस्कार प्रदान गरिएको हो । 

३१ औँ लोकेन्द्र स्मृति दिवसको अवसरमा शुक्रबार कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत राजविराज (जनकपुर इजलास)का मुख्य न्यायाधीश बामदेव ज्ञवालीले यादवलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गर्नुभयो । यो पुरस्कार नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको महत्वपूर्ण पुरस्कार हो ।

सप्तरीको हनुमाननगर नगरपालिका वडा नम्बर २ निवासी यादव राष्ट्रिय समाचार समिति (रासस) सप्तरी प्रतिनिधिमा कार्यरत हुनुहुन्छ । 

सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा हत्या भएपछि उनकै स्मृतिमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । 

सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार अर्चना दर्जीलाई प्रदान गरिएको छ । २९ औँ उमा सिंह स्मृति दिवसको अवसरमा दर्जीलाई सो पुरस्कार दिइएको हो । 

सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ निवासी दर्जी सप्तरीलाई कार्यक्षेत्र बनाएर हिमालय टायम्समा कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button