तपाईँ सुन्दै हुनुहुन्छः

कैदीबन्दीको तनाव व्यवस्थापनका लागि मनोसामाजिक परामर्श

बाजुरा । बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई मनोसामाजिक परामर्श दिइएको छ ।  कारागार व्यवस्थापन विभागको आयोजनामा कैदीबन्दीहरुको आत्म मनोबल उच्च राख्न उत्प्रेरणा तथा उनीहरूमा तनाव व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यसहित मनोसामाजिक परामर्श दिइएको हो ।

कारागार व्यवस्थापन विभागको टोली बाजुरामा आएर पहिलोपटक कैदीबन्दीहरुलाई मनोसामाजिक परामर्श दिइएको कारागार बाजुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले उद्घाटन गर्नुभएको कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत डाक्टर सुरेस शाही र सिएमसी नेपालकी प्रमेश्वरी शाहीले मनोसामाजिक तथा तनाव व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी राम बहादुर सार्कीले विभागले गत वर्षबाट सुरु गरेको मनोसामाजिक परामर्श कार्यक्रमले कैदीबन्दीहरुमा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकासमा महत्पूर्ण सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मनोसामाजिक परामर्श कार्यक्रमले कैदीबन्दीहरुमा सकारात्मक सोचले कारागारमै आनन्दमय जीवन जीउन सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै बाजुरा जिल्ला कारागारका प्रमुख जेलर अनिलकुमार तिवारीले कारागार तथा कैदीबन्दीहरुका समस्या समाधानका लागि सम्बन्धित निकायले स्पष्ट नीति निर्माण गरी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button