तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराकाे उच्च लेकाली भेगमा हिमपात

  बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा  यस वर्ष तेस्रो पटक हिमपात सुरु भएको छ । शुक्रवारबाट सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो ।

शनिबार बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको  छ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् । हिमपातले गहुँ, जौ ,उवा र हिउँदे  तरकारी लगायत खेती राम्रो हुने किसानले विश्वास लिएका छन्। 

चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर ७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसनसमेत प्रभावित भएको छ। अहिले रिले स्टेसन रहेको क्षेत्रमा हिमपात सुरु  भए सँगै चिसो अत्याधिक मात्रामा बढेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button