‘महिला खेलाडीको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुन्छ’
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुने बताउनुभएको छ ।
शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले नेपालमा अहिले खेलकुदको माहोल बनेकाले लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने जिकिर गर्नुभयो ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्