एमाले सचिवालय बैठक जारी
काठमाडौँ । पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसेको बैठकमा केन्द्रीय कमिटी बैठकको मिति र कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुँदै छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सरकारका कामकारबाही एवं पछिल्ला राजनीतिक घटनाक्रमहरूबारे समेत छलफल हुने नेकपा एमालेले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्