तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवालाई तटस्थ, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनाइनुपर्नेमा जोड 

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले निजामती सेवालाई तटस्थ, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनाइनुपर्ने बताउनुभएको छ ।

समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँगको छलफलमा सांसदहरूले कर्मचारी पदस्थापन गर्दा सम्बन्धित कर्मचारीको विज्ञता भएको क्षेत्रमा पदस्थापन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले कामको प्रतिस्पर्धा र परिणामको आधारमा सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरूको मूल्याङ्कन, सरुवा र बढुवालाई पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले निजामती सेवामा समानुपातिक, समावेशी सिद्धान्तलाई व्यवस्थित गर्दै समावेशी क्षेत्र (क्लस्टर)थप भएकाले एक पटक मात्र समावेशी कोटा प्रयोग गर्न पाउने व्यवस्थालाई संशोधन गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै, अवकाशमा जाने कर्मचारीको हकमा बढुवा भई अन्तिम ग्रेड अनुसारको निवृत्तिभरण दिने प्रावधानलाई हटाइनुपर्ने र कर्मचारीको स्वास्थ्य उपचारm विमालगायतका सेवा कोष मार्फत गर्नुपर्ने पनि सांसदहरूको सुझाव थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button