नेपाल बारले मनायो आफ्नो स्थापना दिवस

काठमाडौँ । नेपाल बार एसोसिएसनले आफ्नो स्थापना दिवस “बार डे” मनाएको छ ।
नेपाल बार एसोसिएसनको भवनमा आयोजित एक कार्यक्रमका बीच सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू समेतको उपस्थितिमा बार डे मनाइएको हो । बार र बेन्चको रस्साकस्सी चलिरहेको भनिएको बेला सर्वोच्चका न्यायाधीशहरू समेत सहभागी हुनुले बार बेन्चको सम्बन्ध राम्रै रहेको कानुन व्यवसायीहरू बताउँछन् ।

अदालत र बारको सम्बन्ध राम्रो रहेको र बजारमा हल्ला भए जस्तो नराम्रो नरहेको नेपाल बारका महासचिव अञ्जिता खनालले बताउनुभयो । खनालले भन्नुभयो “बजारमा एक खालका व्यक्तिहरू बार र बेन्चको सम्बन्धमा दरार सिर्जना गराएर फाइदा लिन चाहान्छन” । बारले आयोजना गरेको सबै कार्यक्रमहरूमा न्यायाधीशहरूको समेत उपस्थित हुने गरेको र आज पनि सर्वोच्च अदालतका केही न्यायाधीशहरू उपत्यका बाहिर रहनुभएकोले आउन पाउनुभएन अन्य सबै कार्यक्रममा सहभागी हुनुभएको महासचिव खनालले बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल बारका अध्यक्ष, उपाध्यक्षहरू, महासचिवलगायत बारकाे कार्यसमिति, पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरू तथा अधिवक्ताहरूको उल्लेख्य उपस्थित रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्