तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको भेटवार्ता

नयाँदिल्ली, भारत । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ । 

श्रीलङ्काका राष्ट्रपति श्रीलङ्काका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहनुभएको छ । 

गत सेप्टेम्बरमा पदभार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कुटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।रासस ÷ एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button