इलाममा चौतारी र युनियनको संयुक्त प्यानल विजयी
इलाम । नेपाल पत्रकार महासङ्घ इलाम शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा चौतारीका भिम प्रसाद चापागाईं निर्वाचित हुनुभएको छ ।
चापागाईँले ३५ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी प्रेस सेन्टरका रामकुमार लिम्बू योङ्हाङले ३२ मत प्राप्त गर्नु भएको छ । योङ्हाङ प्रेस सेन्टर , समाजवादी प्रेस सङ्गठन , प्रेस मञ्च लगायत स्वतन्त्र उम्मेदवार सहितको प्यानल बाट उम्मेदवार बन्नु भएको थियो । उपाध्यक्षमा युनियनका लोकेन थेबे निर्विरोध निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्षमा सुनिता राई ४७ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी सृजना श्रेष्ठले २१ मत प्राप्त गर्नुभएको छ । सचिवमा टीका खतिवडाले ४१ मत प्राप्त गरी विजयी हुँदा बालकृष्ण बस्नेतले २७ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा बिनु खड्काले ३६ मत ल्याइ विजयी हुनुभयो भने तिल बिक्रम दर्जीले २९ प्राप्त गर्नुभयो । त्यसैगरी सहसचिव समावेशीमा बल बहादुर बराइलीले ३८ मत प्राप्त गरी विजयी हुँदा ज्ञानु लिम्बूले ३० मत ल्याउनुभयो । त्यसैगरी कोषाध्यक्षमा भगिरथ भण्डारी निर्विरोध निर्वाचित हुनुभयो । सदस्यहरूमा महिला सदस्यतर्फ सविता पाण्डे ४१, आदिवासी जनजाति सदस्यमा सुनिता मगर ३८ , दलित सदस्यमा योगेन्द्र कुमार शङ्कर निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै खुल्ला ६ जना सदस्यमा प्रकाश नेपाल ४८, ठोमनाथ (विनय) तिम्सिना ४६, मनोज अधिकारी ४२,मनिष बस्नेत ४० रोशन काफ्ले ३८ ,खेमराज ढकाल ३६ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
युनियन चौतारी प्यानलबाट केन्द्रीय परिषद् सदस्यहरू गणेश घिमिरे ,विप्लव भट्टराई,सुजाता सुनुवार निर्विरोध निर्वाचित हुनु भएको छ भने प्रदेश परिषद् सदस्यहरू बिमल दाहाल, सोम सुनुवार,शिव मुखिया, राजीव न्यौपाने र दुर्गा भवानी पोख्रेल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक सोम सुशेलीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्