तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको ऊर्जा पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैङ्क (एडिबी)ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको ऊर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ । 

पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण कम्पनीहरूको क्षमता सुधार गर्न उक्त ऋण स्वीकृत गरिएको हो ।

एडीबीको विद्युत् वितरण सुदृढीकरण परियोजनाले देशको द्रुत रूपमा बढ्दो बिजुलीको माग पूरा गर्न वितरण प्रणालीको स्तरोन्नति र आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले महत्वपूर्ण ऊर्जा घाटा घटाउने तथा जलवायु परिवर्तन र विपद् सम्बन्धी जोखिमहरू विरुद्ध पूर्वाधारको लचिलोपन बढाउने बैङ्कले जनाएको छ ।

एडीबीले देशका तीन प्रमुख वितरण कम्पनीहरूमा कम्तीमा अनलाइन ट्रान्सफर्मर कार्यसम्पादन अनुगमन प्रणाली स्थापना गर्न आर्थिक सहयोग गर्ने जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button