एनपिएल : कर्णाली याक्सको तेस्रो जित
काठमाडौँ । गुल्शनकुमार झा र चाड्विक वाल्टनको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
मङ्गलवार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो । पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै १०६ रन बनाएको हो ।
जितसँगै कर्णालीले पाँच खेलबाट ६ अङ्क पुर्याएको छ ।
पोखराको भने चार खेलमा एकमा जित र तीन खेलमा हार बेहोरेको छ । कर्णालीका गुल्शनले अविजित रहँदै ४९ रनको इनिङ्स खेले । वाल्टनले ४२ रन बनाए । अन्यको ब्याटिङ भने चल्न सकेन । पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्