तपाईँ सुन्दै हुनुहुन्छः

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्ने छ: राष्ट्रसङ्घ प्रमुख

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनुभएको छ ।

उहाँले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।  

संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहो¥याउनुभयो । 

कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “कुनै पनि राजनीतिक सङ्क्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।” 

“सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनर्स्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ,” गुटेर्रेसले भन्नुभयो । 

संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उहाँले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । रासस/एएएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button