बाजुरामा हिमपात: जनजीवन प्रभावित,कृषक खुसी
बाजुरा । अविरल वर्षा सङ्गै मध्य रातीबाट सुरु भएको हिमपात का कारण बाजुरा लगायत हिमाली जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ ।आइतबार राती देखि आएको वर्षात पछिको हिमपातले बाजुराका उच्च हिमाली क्षेत्रका स्थानीय नागरिकको दैनिकी चिसोले प्रभावित भएको हो।
हिमपातले दैनिक जनजीवन कष्टकर बने पनि स्थानीय कृषक भने लामो समयको खडेरी पछि भएको बर्षातले लगाएको खेतीबाली राम्रो हुने भन्दै हर्षित भएका छन् । ८० प्रतिशत असिंचित क्षेत्रफल भएको बाजुरामा किसानहरु आकासे पानीकै भरमा खेतीपाती गर्ने गर्दछन्।
गाउँमै हिउँ पर्न थालेपछि वृद्ध वृद्धा र बालबालिका को अवस्था नराम्ररी प्रभावित भएको छ विद्यार्थीहरू स्कुल जान नसक्ने अवस्थामा छन् ।भने स्थानीय पशुपालक कृषकहरूलाई बस्तुभाउका लागि घाँस,पानी र चरनको जोहो गर्न मुश्किल भएको गुनासो गर्न थालेका छन्।
बाजुराका ९ ओटै स्थानीय पालिकाका सबै उच्च लेकाली क्षेत्रमा वर्षा सँगै हिमपात जारी रहेको छ।
प्रतिक्रिया राख्नुहोस्